FAQs Complain Problems

महालक्ष्मी नगरभित्रका ५३ विद्यालयले नयाँ नेतृत्व चयन गर्दै

काठमाडौं । प्रदेश नं. १ को धनकुटास्थित महालक्ष्मी नगरपालिकाले नगरपालिकाभित्रको शिक्षा र स्वाथ्य क्षेत्रमा सुधारात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाले भौतिक विकासका अलावा आफ्नो नगरभित्रका नागरिकलाई स्वस्थ र शिक्षित बनाउन सके नगरको विकासमा योगदान पुग्नसक्ने ठहर गर्दै विद्यालय शिक्षा सुधारका लागि विभिन्न कार्याक्रम सञ्चालन गरेको छ । यसमध्ये विद्यालयको भोतिक पूर्वाधार विस्तारदेखि लिएर विद्यालय शिक्षामा समेत सुधार ल्याउन रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाको कार्यलयले नगरभित्रका ५३ वटा विद्यालयका व्यवस्थापनको नेतृत्व पुस १५ गतेभित्र चयन गरिसक्न सबै वडा कार्यालयमार्फत् विद्यालयलाई परिपत्र गरिसकेको बताइएको छ । नगरपालिकाका सूचना अधिकारी खगेन्द्र नेपालले विद्यालय व्यवस्थापन समिति नेतृत्वको म्याद यसअघि नै सकिएको भए पनि पुस १५ गतेसम्म नेतृत्व चयन गर्ने गरी पुरानै कार्यसमितिलाई नेतृत्व सम्हाल्न अन्तरिम व्यवस्था गरिएको बताए । विद्यालय व्यवस्थापन समितिको गठन भएपछि विद्यालय सुधारमा परिवर्तन आउने विश्वास नगरपालिकाले लिएको छ ।

आर्थिक वर्ष: